images
images
  • ब्राजिलका राष्ट्रपति बोल्सोनारो अस्पताल भर्ना

    रियो दि जेनेरियो । अकस्मात बिरामी भएपछि ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई अस्पताल भर्ना गरिएको छ । आन्द्रासम्बन्धी समस्या देखिएपछि बोल्सोनारोलाई अस्पताल भर्ना गरिएको हो । ६६ वर्षीय बोल्सोनारो सन् २०१९ देखि ब्राजिलको सत्तामा छन् ।

    आन्द्रामा गम्भीर समस्या देखिएपछि उनलाई ६ महिनाअघि पनि अस्पताल भर्ना गरिएको थियो । सन् २०१८ को निर्वाचन अभियानका क्रममा उनीमाथि चक्कु प्रहार भएको थियो । चक्कु प्रहारबाट उनको पेट र आन्द्रामा गम्भीर चोट लागेको थियो । अहिले पनि उनलाई सोहि समस्या भएको हुनसक्ने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images