images
images
  • रेशम चौधरीको नयाँ दलको नाम ‘नागरिक उन्मुक्ति पार्टी’: झाँकीसहित निर्वाचन आयोगमा

    काठमाडौं- निलम्बित सांसद रेशम चौधरीको नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि बाजागाजासहित नेताहरू निर्वाचन आयोगमा पुगेका छन् । कैलाली टीकापुर घटनामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका चौधरीको समर्थित नेताहरू ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि आयोगको कार्यालय पुगेका हुन् ।

    भृकुटीमण्डपमा भेला भएर उनीहरू बाजागाजासहित आयोग पुगेका हुन् । पछिल्ला केही दिनयता चौधरीको रिहाइको माग राखेर काठमाडौंमा प्रदर्शन भइरहेको छ । कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी टीकापुर घटनामा दोषी ठहर गरेपछि उनी अहिले पनि कैद भुक्तानका लागि कारगारमा छन् ।

    उनी जेलमा रहँदा नै वारिसबाट उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । अहिले पनि जेलमा रहँदा नै उनको पार्टी दर्ता गर्न लागिएको हो ।

    resham new party 18 hXIgzfiBWa

    resham new party 13 qpZOIZSpr5

    resham new party 17 jjXLsRZKir

    resham new party 2 CHLcXt5jhz

    प्रतिक्रिया दिनुहोस्
    images
    images