images
images
  • माओवादी महाधिवेशन: साढे दुई घन्टापछि बन्दसत्र सुरु

    काठमाडौं- नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनको बन्दसत्र सुरु भएको छ ।

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हलभित्र प्रवेश गरेपछि दिउँसो ४ः२५ बजेबाट बन्दसत्र सुरु भएको हो । शनिबार बसेको बन्दसत्र आइतबार बिहान २ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

    बन्द सत्रका लागि प्रतिनिधिहरू महाधिवेशन हलमा प्रवेश गरिसकेका छन् । स्थायी कमिटीको बैठक सकिएपछि बन्दसत्र सुरु भएको हो ।

    आजको बन्दसत्रमा प्रचण्डले १५ पदाधिकारीसहित दुई सय ९९ केन्द्रीय कार्यसमितिको सूची प्रस्तुत गर्ने बुझिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images