images
images
  • प्रचण्डको आग्रहमा आजको प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक पुस २२ गते

    काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

    माओवादी केन्द्रको महाधिवेशन चलिरहेकाले अध्यक्ष दाहालले सभामुख अग्नि सापकोटालाई आइतबारका लागि तय भएको प्रतिनिधि सभाको बैठक स्थगित गरिदिन आग्रह गरेका थिए।

    सभामुख सापकोटाले प्रचण्डले गरेको आग्रहबारे प्रधानमन्त्री शेरबहादुर देउवासमेतलाई जानकारी गराएका थिए। संघीय संसद् सचिवालयले विशेष कारणवश भन्दै आइतबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको सुचना प्रकाशित गरेको छ।

    अर्को बैठक पुस २२ गते बस्ने छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images