images
images
  • कांग्रेस केन्द्रीय सदस्य बनेकाहरु विधानविपरीत भातृ संस्थामै क्रियाशील

    काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू विधानविपरीत भातृ संस्थामै क्रियाशील रहेको पाइएको छ। कांग्रेस विधानले उपल्लो पदमा निर्वाचित भएपछि कार्यरत रहेको पद स्वत: रिक्त हुने व्यवस्था गरेको छ।

    हालै सकिएको कांग्रेसको १४ औं महाधिवेशनबाट खुलातर्फ केन्द्रीय सदस्य जितेका तरूण दल अध्यक्ष जितजंग बस्नेत भने अझै भातृ संस्थामै क्रियाशील छन्।

    उनले तरूण दलको अध्यक्षको हैसियतमा आज परिपत्र जारी गरेका छन्।

    केन्द्रीय सदस्य बनेपछि भातृ संस्थाको नेतृत्वमा बस्न मिल्दैन। तर बस्नेतले तरूण दल अध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य भन्दै तरूण दलका जिल्ला अध्यक्षहरूलाई परिपत्र गरेका हुन्।

    पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाउन उनले परिपत्र गरेका हुन्।

    072559984270240014 792776592122532 9032153145142187032 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images