images
images
  • माओवादी स्थायी समिति बैठक सुरु

    काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा स्थायी समितिको बैठक बसिरहेको हो ।

    आठौं महाधिवेशन चलिरहेका बेला पार्टी पदाधिकारी सहमतिमै टुंग्याउने विषयमा छलफल गर्न स्थायी समिति बैठक बसिरहेको हो ।

    गत आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको बन्दसत्रमा मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि २५ वटा समूहमा मंगलबार छलफल भइरहेको छ ।

    समूहका नेताहरूले बुधबार निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको नेता कृष्णबहादुर महराले जानकारी दिए ।

    जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images