images
images
  • माओवादी महाधिवेशन बन्दसत्र: प्रचण्डको प्रतिवेदनमा समूहगत छलफल सुरु

    काठमाडौं- नेकपा माओवादीको जारी आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्रमा अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा मंगलबार समूहगत छलफल सुरु भएको छ।
    छलफलका लागि सोमबारै २५ समूह बनाइएको छ। त्यसअन्तर्गत केन्द्रीय विभागहरू तर्फको समूहमा छलफल सुरु भएको हो। केन्द्रीय विभागहरूको समूहमा मायाप्रसाद शर्मा टोली नेता छन्। ​

    प्रचण्डले सोमबार प्रस्तुत गरेको प्रतिवेदनमा छलफलका लागि ज्येष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकार परिषदतर्फ ३ समूह बनाइएको छ। यसको टोली नेता नन्दकुमार थापालाई तोकिएको छ।

    maobadi chhalfal ryCQiehCbA 1

    प्रदेश १ का दुई समूह बनाइएको छ, जसको टोली नेता हर्क गुरुङ हुन्। प्रदेश २ का पनि दुईवटा समूह छन्, यसको नेतृत्व गणेश साहले गरेका छन्। गण्डकी प्रदेश समूहको नेतृत्व प्रदेश अध्यक्ष गायत्री गुरुङले गरेकी छन्। लुम्बिनी प्रदेश समूहको टोली नेता चक्रपाणि खनाल हुन्।

    प्रवास समितिमा लक्ष्मण पन्त, कर्णाली प्रदेशमा विमला केसी र सुदूरपश्चिम समूहमा प्रदेश खगराज भट्ट टोली नेता छन्।

    केन्द्रीय विभागहरूको समूहमा मायाप्रसाद शर्मा, सम्पर्क समन्वय प्रदेशको समूहमा कृष्ण अधिकारी, बागमती प्रदेश समूहमा सरल सहयात्री टोली नेता छन्। जनवर्गीय मोर्चाको समूहको नेतृतव अमृता थापाले गरेकी छन्।

    प्रचण्डको प्रतिवेदनमा आज दिनभर छलफल गरेर भोलि बुधबार ती समूहले निष्कर्ष सुनाउने कार्यतालिका छ।

    छलफल स्थान :

    १. ज्येष्ठ कम्युनिस्ट मञ्च (महाधिवेशनस्थल प्रज्ञा भवन), संयोजक: एमके प्रसाईं

    २. सल्लाहकार परिषद् (महाधिवेशनस्थल प्रज्ञा भवन)

    ३. सल्लाहकार परिषद् (महाधिवेशनस्थल प्रज्ञा भवन)

    ४. प्रदेश १ क (महाधिवेशनस्थल भानुभक्त हल प्रज्ञा)

    ५. प्रदेश १ ख (महाधिवेशनस्थल भानुभक्त हल प्रज्ञा)

    ६ प्रदेश २ क (महाधिवेशनस्थल पारिजात हल प्रज्ञा )

    ७. प्रदेश २ ख (महाधिवेशनस्थल पारिजात हल प्रज्ञा)

    ८. लुम्बिनी क (महाधिवेशनस्थल पुस्तकालय हल प्रज्ञा)

    ९. लुम्बिनी ख (महाधिवेशनस्थल पुस्तकालय हल प्रज्ञा)

    १०. गण्डकी क (केन्द्रीय कार्यालय पेरिसडाँडा )

    ११.गण्डकी ख (केन्द्रीय कार्यालय पेरिसडाँडा)

    १२.प्रवास (केन्द्रीय कार्यालय पेरिसडाँडा)

    १३.कर्णाली क (ए वान पार्टी प्यालेस)

    १४. कर्णाली ख (ए वान पार्टी प्यालेस)

    १५. सुदूरपश्चिम क (ए वान पार्टी प्यालेस)

    १६. सुदूरपश्चिम ख (ए वान पार्टी प्यालेस)

    १७. विभाग क (क्वालिटी ब्याङ्क्वेट)

    १८. विभाग ख (क्वालिटी ब्याङ्क्वेट)

    १९. उपत्यका विशेष प्रदेश (क्वालिटी ब्याङ्क्वेट)

    २०. सम्पर्क समन्वय क (क्रिस्लट पार्टी प्यालेस)

    २१. सम्पर्क समन्वय ख (क्रिस्लट पार्टी प्यालेस)

    २२. बागमती क (बानेश्वर ब्याङ्क्वेट)

    २३. बागमती ख (बानेश्वर ब्याङ्क्वेट)

    २४. आयोग (काठमाडौं ब्याङ्क्वेट)

    २५. जवस, मोर्चा इन्चार्ज, कार्यालय, एकता (काठमाडौं ब्याङ्क्वेट)

    प्रतिक्रिया दिनुहोस्
    images
    images