images
images
  • कांग्रेस प्रदेश २ अधिवेशन: सबै पदाधिकारीमा देउवा पक्ष विजयी, कुन उम्मेदवारले कति मत ल्याए ? (सूचीसहित)

    काठमाडौं- जनकपुरमा जारी नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा सभापतिसहित सबै पदाधिकारीमा केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार विजयी भएका छन्।

    विमलेन्द्र निधि–शेखर कोइराला प्यानलका उम्मेदवारलाई हराउँदै प्रदेश २ समितिका आठै पदाधिकारीमा देउवा पक्षको जित भएको हो। आठ पदाधिकारीसहित ६७ पदका लागि बिहीबार निर्वाचन भएको हो ।

    जसको हालसम्मको मतगणना परिणामअनुसार शुक्रबार बिहानै निधि ९ कोइराला पक्षबाट सभापति पदका उम्मेदवार रामसरोज यादवलाई १४१ मत अन्तरले हराउँदै देउवा पक्षका कृष्ण यादव विजयी भइसकेका छन् ।

    त्यसपछि अन्य पदाधिकारीको मतगणना गरिएको हो। शुक्रबार राति १० बजे सम्पन्न मतगणनाको नतिजाअनुसार उपसभापतिदेखि सहमहान्त्रीसम्म सबै पदाधिकारीमा देउवा पक्षकै उम्मेदवार विजयी भएका हुन् ।

    जसनअनुसार प्रदेश उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर यादव विजयी भएका छन्। त्यसैगरी महामन्त्रीमा उपेन्द्रकुमार यादव र वृहस्पति कृष्ण श्रेष्ठ विजयी भएका छन्। सहमहामन्त्री खुलातर्फ दुई सिटका लागि भएको मतदानमा जय नारायण प्रसाद यादव र परशुराम चौधरी विजयी भएका छन् ।

    यसैगरी सहमहामन्त्री महिलातर्फ बिन्दुकुमारी यादवको जित भएको छ । सभापतिसहित प्रदेश २ का आठै पद देउवा समूहको पोल्टामा परेको हो ।

    कुन उम्मेदवारले कति मत ल्याए ?

    सभापति
    कृष्ण यादव – ९९६ विजयी
    रामसरोज यादव – ८५५

    उपसभापति
    चन्द्रशेखर यादव – ८९५ विजयी
    धनलाल ठोकर – ६३६
    विनोदकुमार खनाल – ७४०
    वीरेन्द्रप्रसाद सिंह – १०१९ विजयी
    राधाप्रसाद यादव – १२४

    महामन्त्रीका उम्मेदवार
    उपेन्द्रकुमार यादव – ९५९ विजयी
    नरेश यादव – ७७५
    विनोद चौधरी – १९५
    वृहस्पति कृष्ण श्रेष्ठ – ७८८ विजयी
    हरेशप्रसाद महतो – ७०३

    सहमहामन्त्री
    अरविन्द अमात्य – २५७
    जयनारायण प्रसाद यादव – ८७९ विजयी
    नारायण चौधरि–६०१
    परशुराम चौधरी – ८२२ विजयी
    विनोदकुमार यादव – ६९१
    रामनारायण महासेठ – ९७

    सहमहामन्त्री महिला
    बिन्दुकुमारी यादव – ८८९ विजयी
    भीमादेवी शर्मा – ५३२
    रीता यादव – १५६
    रेखादेवी महरान – ७६

    अब प्रदेश सदस्यहरूको मतगणना गर्न बाँकी छ ।

    जनकपुरधामस्थित गोपाल धर्मशालामा जारी कांग्रेसको प्रथम अधिवेशनमा ७२ पदका लागि १८० जनाले उम्मेदवारी दिएका थिए। तर यीमध्ये ५ सदस्य निर्विरोध चयन भइसकेकाले बाँकी ६७ पदका लागि बिहीबार मतदान भएको हो।

    नरेश यादवको आपत्ति र उजुरी
    महामन्त्रीमा १३ मतान्तरले पराजित भएको भनिएका नरेश यादव भने मतपरिणाम प्रती आपत्ति जनाउदै जुरुरी दिएका छन् ।

    उनलाई पहिला विजयी भनेर घोषणा गरिएको तर पछि उनको स्थानमा बृहस्पति कृष्ण श्रेष्ठ निर्वाचित भएको घोषणा गरिएको भन्दै उनले निर्वाचन समितिमा उजुरी दिएका छन् ।

    अन्तिम मतपरिणाम अनुसार विजयी भनिएका श्रेष्ठको मत ७८८ छ भने यादवको मत ७७५ रहेको छ । सुरुमा नरेशका समर्थकहरुले विरोध जनाएको र पछि निर्वाचन समितिमा उजुरी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images