images
images
  • आइतबार साढे ७ हजारभन्दा बढी कोरोना संक्रमित निको भए


    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना कोरोनामुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको दर ७६.३ प्रतिशन रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ७ हजार ९१४ जना संक्रमित थपिएका छन् ।

    देशभरका प्रयोगशालामा १८ हजार ९६५ पीसीआर परीक्षणमा ७ हजार ५९८ र ९३१ एन्टिजेन परीक्षण गर्दा ३१६ जनामा संक्रमण देखिएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा गौतमले बताए ।

    कोरोनाबाट थप १९३ जनाको मृत्यु भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images