काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी र ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल नेपाली कांग्रेस केन्द्रीय सदस्यमा पराजित भएका छन्।
कांग्रेसको १४औं महाधिवेशनमा खड्गीले आदिवासी जनजाति महिला र सत्यालले खस आर्य महिलातर्फबाट उम्मेदवारी दिएका थिए। खड्गीले ८३८ र सत्यालले ३२२ मत पाएका छन्।
जनजाति महिला आरक्षणबाट उम्मेदवारी दिएका पूर्व सांसद उषा गुरुङ, प्रमिला राई, रत्न शेरचन पनि केन्द्रीय सदस्यमा पराजित भएका छन्। जनजाति महिलाबाट सीता गुरुङ, सीताकुमारी राना, सरस्वती बजियम, अन्जनी श्रेष्ठ, गंगालक्ष्मी अवाल र माया राई निर्वाचित भएका छन्।
खस आर्य महिलाबाट मञ्जु खाँण, प्रतिमा गौतम, नानु बास्तोला, चम्पादेवी खड्का, कान्तिका सेजुवाल र विद्यादेवी तिमिल्सिना निर्वाचित भएका छन्।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















