images
images
  • सकियो काँग्रेस प्रदेश २ अधिवेशनः आजै हुँदै मतगणना

    जनकपुरधाम । नेपाली काँग्रेस प्रदेश नं २ को आजको अधिवेशन सकिएको छ । साँझ ८ बजे सकिएको मतदानमा १९३८ मध्ये १८८१ मत खसेको प्रदेश निर्वाचन समितिले जनाएको छ ।

    निर्वाचन समितिका अनुसार धनुषा र महोत्तरीको बुथमा ४६६, सिरहा र सप्तरीको बुथमा ४६५, सर्लाही र रौतहटको बुथमा ४८२ एवम् बारा र पर्साको बुथमा ४६८ मत खसेको छ ।

    राति ११ बजेदेखि पदाधिकारीको मतगणना सुरु हुने निर्वाचन समितिको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images