images
images
  • प्रतिनिधिसभाको बैठक पुस १८गतेसम्मका लागि स्थगित

    काठमाडौं- प्रतिनिधिसभाको बैठक १८ पुससम्मका लागि स्थगित गरिएको छ । बुधबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले १८ पुस आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिएका हुन् ।

    संसदको चालू १०औँ अधिवेशनको तेस्रो बैठकले चारवटा अध्यादेशलाई स्वीकृत गरेको छ ।

    बुधबारको बैठकले प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपेरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ लाई बहुमतले स्वीकृत गरेको हो ।

    चालू अधिवेशनको दुईवटा बैठकमा जस्तै बुधबार बसेको बैठकमा पनि एमाले सांसदले नाराबाजी कायम राखेका छन् । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदले नवौँ अधिवेशनदेखि नै बैठकमा नाराबाजी कायम राख्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images