images
images
  • कांग्रेसको अल्पसङ्ख्यक केन्द्रीय सदस्यमा सुनुवार निर्वाचित

    काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भएको निर्वाचनअन्तर्गत केन्द्रीय सदस्य अल्पसङ्ख्यक (खुला) एक पदमा प्रदीपकुमार सुनुवार निर्वाचित भएका छन् ।

    गत मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक मत परिणामअनुसार सुनुवार दुई हजार १७१ मतका साथ निर्वाचित भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । उहाँका निकटतम प्रतिस्पर्धी टीकाराम सुब्बा लेप्चाले एक हजार २३ मत प्राप्त गरेका छन् ।

    सोही पदमा रहेका अन्य उम्मेदवार हरिबहादुर घलेले ६०९, ओमप्रकाश शर्मा (मारवाडी) ५३६ र प्रेमबहादुर छन्त्यालले २०६ मत प्राप्त गरेको समितिले जनाएको छ । मतदानमा चार हजार ६३५ मत खसेकामा ९० मत बदर भएको थियो ।

    महाधिवेशनमा भएको पदाधिकारी र खुला सदस्यलगायतको निर्वाचनको मत परिणाम यसअघि नै सार्वजनिक भइसकेको छ भने बाँकी मतदानको परिणाम आउने क्रम जारी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images