काठमाडौं- नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्य तर्फको मतगणना आइतबार दोस्रो दिन पनि जारी छ । आइतबार दिउँसो सावा ३ बजेको मतगणनाअनुसार शशांक कोइरालाले सर्वाधिक २४४२ मत पाएका छन् भने एनपी साउदले १८९६ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् ।
हालसम्म २९९३ मत गणना भएकामा बालकृष्ण खाँण १८५१ मत पाएर तेस्रो स्थानमा रहेका छन् । काँग्रेसमा खुलातर्फ केन्द्रीय सदस्यमा ९९ जना उम्मेदवार रहेकामा ३५ जना निर्वाचित हुने व्यवस्था रहेको छ ।
३९ जनाले कटाए हजार मत, ४ जना रिङ आउट
खुलातर्फ २९९३ मतगणना सकिदा र ३९ जना उम्मेदवारले १०० मत कटाएका छन् । सर्वाधिक मत ल्याउनेमा शशांक कोइराला रहेका छन् भने उनले २४४२ मत पाएका छन् । यस्तै ३९ औँ नम्बरमा मंगल थारुले १०२४ मत ल्याएका छन् ।
प्राप्त मत परिणामअनुसार थारूसहित मनोजमणि आचार्य, वीरेन्द्र कुमार कनौडिया, केदार कार्की अन्तिम ३५ मा अटाउन संघर्ष गरिरहेका छन् ।


विश्व खबर 


















