images
images
  • दुई भोटले पराजित गच्छदारले दिए पुन: मतगणना माग गर्दै निवेदन

    काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले पराजित विजयकुमार गच्छदारले पुन मतगणनाका लागि निवेदन दिएका छन् ।

    देउवा प्यानलका उम्मेदवार गच्छदारलाई दुई मतले पछिपार्दै कोइराला प्यानलका धनराज गुरुङले दुई मतान्तरले जीत हाँसिल गरेपछि गच्छादारले पुनः मतगणनाका लागि निवेदन दिएका हुन् ।

    निर्वाचन समितिले देउवाले निवेदन दिएको बताएको छ ।

    ‘मत बराबर भए पनि गोलाबाट गरिन्छ, दुई मत भनेको स्पष्ट हो, गच्छदारले निवेदन दिनु भएको छ’, निर्वाचन समितिका एक सदस्यले भने ।

    गुरुङले १९०८ मत ल्याएका छन् भने गच्छादारले १९०६ मत ल्याएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images