images
images
  • प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् ।

    संसद्मा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठक आइतबार अपराह्न ४ बजे बस्नेछ । बैठकमा संसद्मा सहभागि सबै दलका शिर्ष नेताहरूलाई बोलाइएको छ । विगत लामो समयदेखि नेकपा (एमाले)ले अवरोध गर्दै आएकाले दुवै सदनका काम कारबाही प्रभावित हुँदै आएको छ ।

    शुक्रबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवासँगको भेटमा मुलुकको समसामयिक राजनीतिक विषय तथा संसद् अवरोधक खुलाउनलगायत विषयमा दलहरूबीच समान धारणा बनाउने उद्देश्यका साथ सर्वदलीय बैठक बोलाउन आग्रह गरेका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images