images
images
  • कांग्रेस खुला केन्द्रीय सदस्यको मत गणना जारी : ६४ जना प्रतिस्पर्धाबाट बाहिरिने

    काठमाडौं । नेपाली कांग्रेसको खुला तर्फका केन्द्रीय सदस्यको मतगणना चलिरहेको छ ।

    केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि सुरु भएको मतगणनाको सुरुवाती परिणाम भने निर्वाचन समितिले सार्वजनिक गरेको छैन ।

    गणनाका खटिएका अधिवक्ता रमेश जोशीले केही बेरमा प्रारम्भिक परिणाम सार्वजनिक गरिने बताए ।

    ३५ जना खुला केन्द्रीय सदस्यमा ९९ जनाको उम्मेदवारी परेको छ । जसमा गृहमन्त्री बालकृष्ण खाँडदेखि मन्त्रीहरु, सिनियर नेताहरु प्रतिस्पर्धामा छन् । यो प्रतिस्पर्धामा ६४ जना बाहिरिनेछन् ।

    कांग्रेस पदाधिकारीको मतगणना सकिएर परिणाम पनि आइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images