images
images
  • आहा ! दुः ख बिर्साउने कालिञ्चोक (फोटोफिचर)

    दोलखा- दोलखा जिल्लामा पर्ने कालिञ्चोक धार्मिक यात्रासँगै रमणीय दृश्यावलोकनका लागि आकर्षक गन्तव्य हो । कालिञ्चोक भगवतीको मन्दिर रहेको यो ठाउँबाट देखिने हिमशृंखलाले आँखा शीतल पार्न आन्तरिक पर्यटकहरू झुम्मिन्छन् । हिउँदमा काठमाडौंबाट हिउँ खेल्न आउनेहरूको लर्को लाग्छ । यहाँ सामान्यतया माघदेखि फागुन पहिलो सातासम्म बाक्लो हिमपात हुन्छ ।

    Kalinchock photo 8

    Kalinchock photo 18 1024x589 1

    आन्तरिक पर्यटकको प्रमुख रोजाईमा रहेको स्थान हो- कालिञ्चोक । कालिञ्चोक धार्मिक पर्यटन तथा सुन्दर दृश्यका लागि प्रख्यात रहेको छ ।

    संघीय राजधानीदेखि १ सय ४४ किलोमिटर दूरीमा रहेको कालिञ्चोक दोलखा सदरमुकाम चरिकोटबाट १७ किलोमिटर दूरीमा रहेको छ । हिउँदको समयमा हिउँ खेल्न, मन्दिर दर्शन र दृश्यावलोकन गर्न आउने पर्यटकहरूले कालिञ्चोक आन्तरिक पर्यटकको आकर्षक गन्तव्य स्थल बनेको हो ।

    Kalinchock photo 17

    Kalinchock photo 7

    कुरी बजारबाट कालिञ्चोक भगवतीको मन्दिर पुग्न झण्डै एक घण्टा उकालो उक्लिनुपर्छ । उकालो बाटो हिंड्न सक्नुहुन्न भने केबलकारको विकल्प पनि छ । कुरी बजारदेखि कालिञ्चोक भगवती मन्दिरभन्दा केही तल नै टुंगिने केबलकार यात्राका लागि तपाईंले पाँच सय रुपैयाँ तिरेर पाँच मिनेट यात्रा गर्नुपर्नेछ ।

    ३८४२ मिटरको उचाइमा रहेको मन्दिरमा विशेष गरी शुक्रबार र शनिबार भक्तजनको घुइँचो लाग्ने गर्दछ । आन्तरिक पर्यटकलाई लक्षित गरेर राजधानी केन्द्रित विभिन्न ट्राभल कम्पनीहरूले बस तथा जिपको प्याकेज राखेका छन् । यी सुविधाले कालिञ्चोक जान थप सहज बनाएको छ ।

    Kalinchock photo 2

    Kalinchock photo 10

    Kalinchock photo 1

    तस्बिर: भरतबन्धु थापा

    प्रतिक्रिया दिनुहोस्
    images
    images