images
images
  • शेखर प्यानलबाट सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित, देउवा पक्षका मुख्यमन्त्री शाही पराजित

    काठमाडौं- नेपाली काँग्रेसको पिछडिएका क्षेत्रतर्फ को सहमहामन्त्रीमा शेखर कोइराला प्यानलका बद्री पाण्डे विजयी भएका छन् ।

    शुक्रबार पार्टी कार्यालय सानेपामा भएको मतगणनाअनुसार कोइराला प्यानलका पाण्डे विजयी भएका हुन् ।

    सभापति शेरबहादुर देउवा समूहका जीवन शाहीलाई पराजित गरि पाण्डे २४११ मत ल्याएर सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका शाहीले पाण्डेसँग २७८ मतले पराजय बेहोरेका हुन् ।

    शाहीले २१३३ मत पाएका छन् । यस्तै चेतराज बरालले ९९ मत पाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images