images
images
  • एमालेले देशव्यापी पार्टी प्रवेश अभियान सञ्चालन गर्ने

    काठमाडौं- नेकपा एमालेले देशव्यापी पार्टी प्रवेश अभियान सञ्चालन गर्ने तयारी गरेको छ । एमालेले हालै जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा आगामी तीनै तहका निर्वाचनमा पार्टीलाई बहुमतमा पुर्याउन पार्टी प्रवेश अभियान थालिने उल्लेख छ ।

    पार्टी र पार्टीको मुख्य नेतृत्वविरुद्ध घेराबन्दी र आक्रमण भइरहेको बेलामा विधान महाधिवेशन र दशौं राष्ट्रिय महाधिवेशन ऐतिहासिक रुपमा सफल पारेको दाबीसमेत एमालेले गरेको छ ।

    नेपालको राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको भन्दै एमालेले एउटा ध्रुवको नेतृत्व आफूहरुले र अर्को ध्रुवको नेतृत्व पाँच दलीय सत्ता गठबन्धनले गरेको बताएको छ । सत्ता गठबन्धनको गतिविधिको सामना गर्ने र आफ्नो शक्तिलाई थप सुदृढ बनाउन सफल हुने एमालेले बताएको छ ।

    अन्तरपार्टी निर्देशनमा भनिएको छ, ‘हाम्रो पार्टी आगामी तीनै तहका निर्वाचनमा पहिलोमात्र होइन, बहुमत प्राप्त पार्टीका रुपमा स्थापित हुने निश्चित छ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images