images
images
  • एमाले उद्योग विभाग प्रमुखमा मोतीलाल दुगड, उप-प्रमुखमा प्रसाईं

    काठमाडौं- व्यवसायी मोतीलाल दुगड नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुख बनेका छन् । एमाले केन्द्रीय कमिटी बैठकले उनलाई विभागको प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो ।

    दुगड केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको विशेष आर्थिक सल्लाहकार पनि बनेका थिए । १२ असोज २०७१ मा एमाले प्रवेश गरेका दुगडलाई ओलीले ५ मंसिर २०७६ मा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री समेत बनाएका थिए ।

    विभागको उपप्रमुखमा मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले जिम्मेवारी पाएका छन् । कुनै वेला माओवादी केन्द्र निकट प्रसाईं ७ कात्तिक २०७८ मा एमाले प्रवेश गरेका थिए । उनलाई ओलीले एमाले केन्द्रीय सदस्यमा पनि मनोनित गरिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images