images
images
  • देउवा र प्रचण्डबीच भेटबार्ता, सर्वदलीय बैठक बोलाउने सहमति

    काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज शुक्रबार नेपाली कांग्रेसका नवनिर्वाचित सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

    शुक्रबार बिहान प्रधानमन्त्री निवास (बालुवाटार) पुगेर प्रचण्डले पुनः कांग्रेस सभापतिमा विजयी भएकामा बधाई दिँदै प्रधानमन्त्री देउवासँग समसामयिक विषयमा छलफल पनि गरेका हुन्।

    प्रचण्डको सचिवालयका अनुसार दुई नेताबीच अवरुद्ध संसद् बैठक सञ्चालन गर्नेलगायत समसामयिक राष्ट्रिय मुद्दामा समाधानका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गर्ने विषयमा छलफल भएको हो।

    साथै प्रचण्डले नेपाल क्रिकेट संघले क्रिकेट खेलाडीलाई कारबाही गरेको विषयमा पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन्।

    भेटमा अध्यक्ष कमरेड प्रचण्डले नेपाली कांग्रेसको महाधिवेशनबाट निर्वाचित सभापतिसहित पदाधिकारीलाई सभापतिमार्फत बधाई तथा शुभकामना प्रदान गरे,’ प्रचण्डको सचिवालयले भनेको छ, ‘भेटको अवसरमा सदन सुचारु गर्नेलगायतका समसामयिक राष्ट्रिय मुद्दामा प्रमले सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भयो। सोही अवसर अध्यक्ष कमरेड प्रचण्डले क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कारबाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो।

    पार्टीको ह्विप उल्लंघन (तत्कालीन प्रधानमन्त्री आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई विश्वासको मत नदिएको) आरोपमा एमालेले हाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित एमालेबाट निर्वाचित १४ जना सांसदलाई कारबाही गरेको थियो र यसको जानकारी संसद् सचिवालयमा पठाएको थियो। तर सभामुख अग्नि सापकोटाले सोबमोजिम उनीहरूलाई सांसद पदबाट नहटाएको भन्दै एमालेले निरन्तर प्रतिनिधि सभा बैठकमा अवरोध गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images