काठमाडौं- काँग्रेसको १४ औँ महाधिबेशनबाट महामन्त्रीमा पराजित बनेका नेता प्रदीप पौडेलले विजयी भएका नेताहरु गगन थापा र विश्वप्रकाश शर्मालाई बधाई दिएका छन् । उनले गगन र विश्वप्रकाशले जित्दा आफू खुशी नै भएको बताए ।
‘मेरो राजनीतिक उन्नतीमा उहाँहरुको सहयोग छ । उहाँहरु निर्वाचित हुँदा म खुशी छ’, अन्तिम नतिजा आएपछि पार्टी कार्यालय सानेपाबाट बाहिरिने क्रममा उनले भने, ‘ चुनावमा जितिन्छ भनेर नै प्रतिस्पर्धामा जाने हो । चुनावी प्रक्रियामा उहाँहरुले विजय हासिल गर्नुभयो बधाई छ ।’
उनले काँग्रेसमा पुस्तान्तरण भएको भन्दै अब वैचारिक रुपान्तरण पनि गर्न जरुरी रहेको बताए । ‘काँग्रेसमा पुस्तान्तरण भएको छ, अब वैचारिक रुपान्तरण पनि गर्नुपर्छ । उहाँहरुलाई मेरो साथ सहयोग रहन्छ’, पौडेलले भने ।
पौडेल सभापति शेरबहादुर देउवा प्यानलबाट चुनावी प्रतिस्पर्धामा रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















