images
images
  • रक्षामन्त्रीबाट राजीनामा घोषणा गरेका रिजालले ४ बजे पत्रकार सम्मेलन गर्दै

    काठमाडौं- नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा पराजय भोगेपछि मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा घोषणा गरेका छन् ।

    अपराह्न ४ बजे मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत आफ्ना कुरा ब्यक्त गर्ने रिजालको तयारी छ । उनले सामाजिक सञ्जालमार्फत अन्तिम मत परिणाम आएपछि पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पेश गर्ने बताएका छन् ।

    महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइराला समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका रिजाल हालसम्म ३१ सय २० मत गन्दा ५ सय ४६ मत ल्याएर चौथो स्थानमा रहेका छन् । आफ्नो पराजय निश्चित भएपछि उनले राजीनामा घोषणा गरेका हुन् ।

    उनले काङ्ग्रेसको चौधौं महाधिवेशनमा आफुले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images