images
images
  • सेयर कारोबारीले चन्दा दिएन होला, प्रचण्डले साम्राज्यवादको रूप भनिदिए: अध्यक्ष ओली

    काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हालै केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि सेयर बजारसम्बन्धी दिएको अभिव्यक्तिप्रति कटाक्ष गरेका छन्।

    बुधबार सपथ लिएका एमालेका मनोनित केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड लेनिनभन्दा बढी जान्ने भएर प्रतिक्रिया दिएको बताए।

    ‘लेनिनले पुँजीवाद विकास भएर साम्राज्यवाद हुन्छ भनेका थिए। प्रचण्डले त्योभन्दा बढ्दा जान्ने भएर सेयर बजार साम्राज्यवादको विकसित रूप हो भनिदिए,’ ओलीले भने,‘त्यसबाट सेयरमा लगानी गर्ने जनताको जीवन के असर पर्छ कुनै मतलब छैन। कुन सेयर कारोबारीले चन्दा दिएन होला। अब म ध्वस्त पारिदिन्छु भनेर उनले त्यस्तो भनिदिए।’

    आफूहरूले त्यस्तो अभिव्यक्ति दिएको भए सडकमा ठूलो आन्दोलन भइसक्ने ओलीको तर्क छ।

    ‘माइतीघरले पुग्दैनथ्यो, सडक तात्थे,’ ओलीले भने,‘अहिले त सब चुपचाप छन्। किनकि सबै अस्थिरता फैलाउने तत्वहरू हुन्।’

    यसअघि शनिबार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजी बजारमा लगानी हुनु साम्राज्यवादको विकसित रूप भएको बताएका थिए।

    प्रचण्डले एकाधिकार पुँजीवाद र संशोधनवाद जोडिएर वित्तीय एकाधिकार पुँजीवादमा भूमण्डलीकृत पुँजीवाद बन्दै गएको भन्दै यसलाई निस्तेज गर्ने गरी पुँजी बजारको विषममा पार्टीको दस्तावेजमा नै समावेश गराउने योजना सुनाएका थिए।

    प्रचण्डले शेयर बजारप्रति लक्षित गर्दै पहिले पहिले पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुने गरेको तर, अहिले लगानी पुँजी वा दोस्रो बजारमा हुनु वित्तीय पुँजीवादको विशेषता भएको बताएका थिए।

    उनले नेपाल लगायत विश्वभर नै पुँजीको लगानी धितोपत्र, सट्टा बजार, आइएमएफ, विश्व बैंक र एसियाली बैंकमा हुने गरेको बताएका थिए। अध्यक्ष प्रचण्डले विश्वभर नै यो क्षेत्रमा पुँजी लगानी बढ्दै गएकाले यसको अध्ययन अनुसन्धान र विश्वलेशण गर्नु जरूरी भएको बताएका थिए।

    चन्दा नदिएको रिस प्रचण्डले सेयर बजारमाथि पोखे
    अध्यक्ष ओलीले प्रचण्डले आफूलाई लेनिनभन्दा दुई कदमअघि देखाउन खोजेको आरोप पनि लगाए।

    प्रचण्डले केही दिनअघि बडो क्रान्तिकारी भएर सेयर बजारलाई साम्राज्यवादीको विकसित रुप भनेछन्, ओलीले भने, लेनिनभन्दा दुई स्टेप बढ्ता जान्ने भएछन्। लेनिनले यसअघि पुँजीवाद विकसित भएर साम्राज्यवाद हुन्छ भनेका थिए। तर प्रचण्डले त सेयर बजारलाई साम्राज्यवादको विकसित रुप नै भनिदिएछन्। लेनिनले भन्दा जान्ने भएर थेसिस नै दिएछन्। अर्थतन्त्र नबुझी बोल्दा रहेछन्।

    ओलीले लाखौँ लगानीकर्ता भएको सेयर बजारबारे हचुवामा बोल्नु बेठीक भएको पनि बताए। लाखौँ लगानीकर्ता रहेको सेयर बजारबारे यसरी बोल्नु हुँदैन। कुन सेयर कारोबारीले चन्दा दिएन होला अनि त्यसको रिसमा प्रचण्ड बोलेु, उनले भने, त्यही रिसमा नरहे बाँस न बज्यो बाँसुरी भनेर सेयर बजार डुबाउन त्यस्तो बोले।

    उनले सेयर बजारबारेमा आफूहरुले त्यस्तो बोलेको भए सडकमा आगो बलिसक्ने बताए। हामीले त्यस्तो बोलेको भए सडक तातिसक्थ्यो। सञ्चारमाध्यमले आगो लगाउँथे। शान्त छ चुपचाप, आराम छु, उनले भने, तर अस्थिरता मच्चाउनेहरुले जे गरे पनि कोही बोल्दैनन्।

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images