विशाल श्रेष्ठ (दक्षिण कोरिया)– नेकपा (माओवादी केन्द्र) निकट प्रवास संगठन नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको पाँचौ अधिवेशन सउलमा सम्पन्न भएको छ । अधिवेशनले मञ्चको अध्यक्षमा ईश्वर कठायतलाई चयन गरेको छ ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा जीवन खतिवडा, उपाध्यक्षमा राजु श्री, राजेन्द्र दुलाल, गोकुलप्रसाद दङ्गाल, निर्मला खड्का र खगेन्द्रराज खनाल चयन गरेको छ । महासचिव प्रवीण गिरि, सचिव अभिषेक सापकोटा, हिमाल खनाल, रामबहादुर तामाङ, रुद्र थापा र सुबिन्द्र मगर चयन भएका छन् । कोषाध्यक्षमा बुद्धिबहादुर तामाङ र सह–कोषाध्यक्षमा एसपी अधिकारी चयन भए ।
केबी चाम्लिङ, दीपेन्द्रबहादुर रोकाया, होताराम ओली, शिव आचार्य, हर्क लिम्बू, राम उपाध्याय, कृष्णप्रसाद न्यौपाने, अर्जुन खत्री, राम सिंह बिष्ट र धनजित वाइबा मञ्चका सदस्य चयन भएका छन् ।
कोरोना महामारीलाई मध्यनजर गर्दै सीमित भौतिक उपस्थितिका साथ भर्चुअल माध्यम जुम प्रयोग गरेर आइतबार गरिएको अधिवेशनमा केन्द्रका केन्द्रीय सदस्य तथा प्रवास समन्वय समिति अध्यक्ष ओम शर्मा प्रमुख अतिथि थिए । उनी र निवर्तमान अध्यक्ष दिलीप धितालले नयाँ अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।


विश्व खबर 


















