काठमाडौं- कांग्रेस सभापति चयनका लागि हुने दोस्रो चरणको निर्वाचन साढे ३ बजेदेखि हुने भएको छ ।
केन्द्रीय निर्वाचन समितिले मतदानका लागि साढे ३ बजेदेखि साढे ७ बजेसम्मको समय निर्धारण गरेको हो । निर्वाचन समितिले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।
दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने छ । पहिलो चरणको चुनावमा देउवाले २२५८ र कोइरालाले १७०२ मत पाएको निर्वाचन समितिले जनाएको छ ।
३७१ मत पाएर तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, २५० मत पाएर चौथो स्थानमा विमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ सभापति पदको दोस्रो चरणको निर्वाचनबाट आउट भएका छन् । सिंहले देउवालाई समर्थन गर्ने निर्णय गरेकाले देउवा सभापतिमा निर्वाचित हुने लगभग पक्का भएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















