images
images
  • कांग्रेस महाधिवेशन: फोटो पत्रकारको ‘क्यामेरा डाउन’, गरेपछि मतदानस्थलम विरोध

    काठमाडौं- नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि सोमबार भएको मतदानमा फोटो पत्रकारहरुले क्यामेरा डाउन गरेका छन् ।

    प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले मतदान गरेको तस्बिर र भिडियो लिन खोज्दा सुरक्षाकर्मीले अवरोध गरेपछि त्यसको विरोधमा उनीहरुले क्यामरा डाउन गरेका हुन् ।

    मतदान स्थलमा फोटो खिच्न नपाएको विरोधमा फोटो पत्रकारहरुले विरोध जनाएका छन् । उनीहरुले राष्ट्रिय सभागृहको मुख्य गेट नजिकै क्यामेरा भुइँमा राखेर विरोध जनाएका हुन् । देउवा आएसँगै फोटो खिच्ने क्रममा पत्रकार र सुरक्षाकर्मीबीच तनाव सृजना भएको छ ।

    कांग्रेसको १३४ आगामी केन्द्रीय कार्यसमिति सदस्यका लागि अहिले मतदान भइरहेको छ । भृकुटीमण्डप, राष्ट्रियसभा गृह र पुलिस क्लवमा मतदान केन्द्र राखिएको छ ।

    congress 15 .jpg 1

    congress 11 .jpg 3

    congress 3 .jpg 4

    प्रतिक्रिया दिनुहोस्
    images
    images