images
images
  • प्रधानमन्त्री देउवा महाधिवेशन प्रतिनिधिहरुसँग भृकुटीमण्डपमा

    काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको १४औँ महाधिवेशनस्थल भृकुटीमण्डपमा छन् । उनी आज बिहानदेखि भृकुटीमण्डपमा रहेर महाधिवेशन प्रतिनिधिहरुसँग अन्तरक्रिया र परामर्शमा व्यस्त थिए ।

    कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका देउवाले आज भृकुटीमण्डपमा जम्मा भएका महाधिवेशन प्रतिनिधिहरु एवं कांग्रेसका नेता तथा कार्यकर्ताहरुसँग अन्तरक्रिया गरी आफूलाई मत पनि मागेको थियो ।

    त्यसपछि उनले महाधिवेशन प्रतिनिधिहरुसँग काठमाडौंको बसाइँका बारेमा सोधपुछ गरेको थियो । खाना र बस्नका लागि कुनै समस्या परेको छ कि भनेर उनले भृकुटीमण्डपमा रहेका प्रतिनिधिहरुसँग सोधेको थियो ।

    उनले काठमाडौंमा चिसो बढेकाले स्वास्थ्यको ख्याल गर्न र कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन पनि सुझाव दिएको थियो ।

    उनले आज बिहानको खाना पनि भृकुटीमण्डमा महाधिवेशन प्रतिनिधिहरुसँगै लाइनमा बसेर लिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images