images
images
  • शेखरको टीममा विश्वप्रकाशलाई महामन्त्री प्रस्ताव

    काठमाडौं- नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले शेखर कोइरालालाई सभापतिको उम्मेदवार बनाउने भएको छ ।

    पूर्वमहामन्त्री प्रकाशमान सिंहले छुट्टै टीम बनाएपछि वरिष्ठ नेता पौडेल सभापतिको चुनाव नलड्ने भएका छन् । अब यो समूहबाट सभापति उम्मेदवार शेखर हुनेछन् । पौडेल समूहका नेताहरु टीम बनाउन जुटेका छन् ।

    यो समूहबाट एक जना महामन्त्रीको उम्मेदवारमा गगनकुमार थापा पक्का छ । तर अर्को महामन्त्रीको उम्मेदवार डा. मिनेन्द्र रिजाललाई बनाउने कि विश्वप्रकाश शर्मालाई ल्याउने भन्ने छलफलमै छ । केही नेताले विश्वप्रकाशलाई महामन्त्रीको उम्मेदवार बनाउनुपर्ने भयो भन्दै डा. रिजाललाई उपसभापति लड्न आग्रह गरेका छन् ।

    तर रक्षामन्त्री समेत रहेका रिजाल त्यसमा सहमत छैनन् । यदि महामन्त्रीको उम्मेदवार नहुने हो भने पदाधिकारीको कुनै पनि पदमा नलड्ने उनको अडान छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images