काठमाडौं- नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनअन्तर्गत शनिबार मनोनयन दर्ता प्रक्रिय भइरहेको छ । बाजुराका बद्री पाण्डे र अर्घाखाँचीका मानबहादुर विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् ।
पाण्डेले पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन् । पाण्डे पौडेल पक्षका हुन्।
विश्वकर्माले देउवा पक्षबाट समावेशी दलिततर्फ उम्मेदवारी दिएका हुन् ।देउवाले आफ्नो प्यानलको टुंगो नलगाउँदै विश्वकर्माले भृकुटीमण्डपमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।दलित तर्फको सहमहामन्त्री पदमा आफूले उम्मेदवारी दर्ता गराएको विश्वकर्माले बताए । सोही कोटाको महामन्त्रीमा देउवा समूहबाटै मीन विश्वकर्मापनि दावेदार रहेका छन् ।
सभापति पद र प्यानल निर्माणमा शीर्ष नेताहरू आन्तरिक छलफलमा व्यस्त रहेका बेला उनीहरू मनोनयन दर्ता सुरु भएलगत्तै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । शुक्रबार भृकुटीमण्डपमा उद्घाटन सत्र कार्यक्रम गरेको कांग्रेसले मनोनयन दर्ता भने राष्ट्रियसभा गृहमा गरेको छ ।


विश्व खबर 


















