images
images
  • नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो, ३ लाख ८३ हजार बढी संक्रमणमुक्त


    काठमाडौँ । नेपालमा कोरोना भाईरस संक्रमित हुनेको कुल संख्या ५ लाख भन्दा बढी पुगेको छ।

    शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार नेपालमा कुल संक्रमितको संख्या ५ लाख ५ हजार ६४३ जना पुगेको हो।

    कुल कोरोना संक्रमित मध्ये ३ लाख ८३ हजार ६४८ जना संक्रमणमुक्त भइसकेका छन् भने ६ हजार १५३ जनाको मृत्यु भएको छ ।

    आज एकै दिन ८ हजार ९८० जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ भने ८ हजार ८४८ जना निको भएका छन् । साथै १२९ जनाको मृत्यु भएको छ।

    नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८०६ जना रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images