images
images
  • कांग्रेस महाधिवेशनमा ओलीले गरे प्रचण्ड र नेपालको नमस्कार बहिष्कार

    काठमाडौं- काठमाडौंमा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शीर्ष नेताहरूबीचको सम्मानमा रोचकता देखिएको छ । महाधिवेशनको उद्घाटनसत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरू सहभागी छन् ।

    प्रचण्ड र माधवकुमार नेपाल आएको केही समयपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कांग्रेसको मञ्चमा पुगेका थिए ।

    नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई नमस्कार गर्दै अध्यक्ष  ओली कांग्रेसको उद्घाटन सत्रमा पुगे । तर, छेउमै रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गरेका नमस्कारको भने बेवास्ता गरेका छन् ।

    दुई शीर्ष नेताहरूले गरेका नमस्कारलाई ओलीले बेवास्था गर्दै आसनग्रहण गरेपछि त्यसले सबैको ध्यान खिँचेको छ । ओली, प्रचण्ड र नेपाल लामो समयपछि एकैमञ्चमा देखिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images