images
images
  • कांग्रेस महाधिवेशन: संस्थापनइतर पक्षले साँझ ५ बजे आधिकारिक टिम घोषणा गर्ने

    काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि संस्थापनइतर पक्षले आज साँझ आधिकारिक उमेदवार घोषणा गर्ने भएको छ । महाधिवेशनको उद्घाटन सत्रपछि साँझ ५ बजे संस्थापनइतको बैठक बसेर उमेदवार तय गर्ने निर्णयमा नेताहरु सहमत भएका छन् ।

    “उक्त बैठकमा जिल्ला सभापतिहरु, जिल्लाका पूर्व सभापतिहरु तथा केन्द्रीय सदस्यहरुसहित नेताहरु बसेर आधिकारिक टिम घोषणा गर्ने सहमति भएको छ,” एक कांग्रेस नेताले भने । बैठक अनुपम फुडल्यान्ड बत्तिसपुतलीमा बस्ने छ ।

    कांग्रेस नेताहरु वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहराटार पुगेर पौडललाई महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन सहमत गराएका छन् । साँझसम्म साझा उमेदवार तय गर्ने नेताहरुले प्रतिबद्धता जनाएपछि पौडेल उद्घाटनसत्रमा सहभागी हुन तयार भएका हुन् । महेश आचार्य, बलबहादुर केसी, अर्जुननरसिंह केसी, गगन थापा, रामशरण महत पौडेल निवास पुगेका थिए ।

    पौडेलले वक्तव्य जारी गरेर महाधिवेशनको उद्घाटन कार्यक्रममा नजाने तयारी गरेपछि संस्थापनइतरका नेताहरु पौडेल निवास बोहोराटार पुगेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images