images
images
  • ‘ओमिक्रोन भेरियन्टबाट नतर्सिऔं, स्वास्थ्य मापदण्ड पालना गरौं’

    दक्षिण अफ्रिकामा नोभेम्बर २४ मा पुष्टि भएको नयाँ भेरिएन्टबी.१.१.५२९अर्थात ‘ओमिक्रोन’ तीव्र रुपमा फैलिरहँदा यसले सबैको ध्यान तानेको छ । विश्व स्वास्थ्य संगठनले यो भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ घोषण गरिसकेको छ । यो भेरियन्ट तीव्र रूपमा फैलिने र ठूलो संख्यामा उत्परिवर्तित हुने भन्दै सतर्क रहन संगठनले आग्रह गरेको छ ।

    नेपालमा पनि ओमिक्रोन भेरियन्ट भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ओेमिक्रोन भाइरसको संक्रमण नेपालमा दुईजनामा पुष्टि भएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भुर्चअल प्रेस मिट गर्दै नेपालमा २ जनामा नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको जानकारी दिएको हो।अफ्रिकाबाट केहीदिन अघि फैलिएको यो भेरियन्ट कोरोनाको भाइरासभन्दा तीव्र रूपमा फेलिने बताइएको छ। नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै दुई जना विदेशीमा ओमिक्रोन संक्रमण पुष्टि गरेको हो ।

    दक्षिण अफ्रिकासँगै यो भेरियन्ट बोत्सवाना, बेल्जियम, हङकङ र इजरायलमा पनि पुष्टि भइसकेको छ । बेलायत, अमेरिकालगायत विश्वका धेरै देशले संक्रमण फैलिन सक्ने भन्दै दक्षिण अफ्रिका जान–आउन प्रतिबन्ध लगाइसकेका छन् । नयाँ भेरियन्टका विषयमा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ तथा रिसर्च युनिटका संयोजक डा.शेरबहादुर पुनसँग गरेको संक्षिप्त कुराकानीः

    यो भेरियन्टले किन चिन्ता बढाएको हो ? नेपालमा यसको असर कतिको छ ?

    यो भेरियन्ट चिन्ताको विषय बन्नुको मुख्य कारण भेरियन्ट धेरै संख्यामा उत्परिवर्तन हुनु हो । त्यसमा पनि थप चिन्ता भनेको स्पाइक प्रोटिनमा पनि धेरै संख्यामा उत्परिवर्तन भएको छ । धेरै उत्परिवर्तन हुँदा भेरियन्टले संक्रमण गराउने सक्ने क्षमता वा खोपको प्रभावकारितामा पनि प्रभाव पार्ने हुन्छ । हामीसँग अहिले उपलब्ध भएका खोपहरु सामान्तयः स्पाइक प्रोटिनलाई टार्गेट गरेर बनेका छन् । अहिलेको धेरै नै संख्यामा म्युटेसन भएको नयाँ भेरियन्टले हामीले लगाएको खोपबाट बनेको एन्टिबडी पहिचान गर्न सकेन वा छल्यो भने समस्या आउन सक्छ । यसले हामीसँग भएको खोपको प्रभावकारिता खस्किने भयो । यो भेरियन्ट कतिसम्म घातक हुने हो भन्ने अध्ययन भइरहेको छ ।विस्तृत रुपमा यसले कस्तो अवस्था सिर्जना गर्ला भन्ने कुरा हेर्न बाँकी छ ।

    विश्व समुदायभरमा खोप अभियान चलिरहेको छ । खोपको प्रभावकारितामा पनि असर पर्ने भनिएको छ । त्यसो भए अहिले लगाएको खोपले काम नगर्ने भयो ? संक्रमण तीव्र हुने त होइन ?

    नयाँ भेरियन्ट अत्यधिक मात्रामा जिनमा परिवर्तन देखिएकोले हाम्रो लागि राम्रो संकेत होइन । धेरैले खोप लगाइसकेका छन् । यसको प्रभावकारिता कति होला भन्नेमा त केही समय पर्खन पर्ला । नेपालमा खोप कतिले पाएका छैनन्, लगाएकोमा पनि एन्टिबडी नबनेको पनि छ, लगाएकाले पनि एन्टिबडी बनेर खस्किएको पनि हुन सक्छ । सैद्धान्तिक रुपले हेर्दा धेरै कुरामा समस्या आउने संकेत त गरेको हो तर कत्तिको संक्रामक हुने यो हेर्न अझै केही हप्ता लाग्छ । यो भेरियन्ट देखिएको दक्षिण अफ्रिकामा खोपको कभरेज पनि कम रहेछ युरोपमा पनि विभिन्न देश अनुसार कम नै छन् । त्यहाँका देश र नेपाल दाज्नै पर्छ भन्ने त छैन । यहाँ पनि मानिसको चहलपहल सुरु भइसक्यो । धेरै कुरा छन् । कति छिटो फैलिन सक्छन् यी सबै कुरामा भर पर्छ । धेरै उत्परिवर्तन हुनु र खोप प्रभावकारी रुपमा काम नर्गला की भन्ने हो । पुनः संक्रमण हुन सक्ने सम्भावना होला भन्ने हो ।

    नेपालले नयाँ भेरियन्ट भित्रिएको छ त्यसलाई फैलिन नदिन के गर्नुपर्छ ?

    नेपालले पछिल्लो समयमा जीन सिक्वेन्सिङको सेवा सुरु गरिसकेको छ त्यसलाई प्रयोगमा ल्याउनुपऱ्यो ।जडान गरेर राख्ने मात्र कुरा होइन । विदेशमा देखिने भाइरसको जोखिमलाई नजिकबाट नियाल्नुपऱ्यो । किनकी हाम्रो पनि दैनिक सयभन्दा बढी संक्रमित त देखिनै रहेको छ । अर्को कुरा स्थानीय रुपमा म्युटेसन नहोला भन्न पनि त सकिदैन । त्यो पनि हामीले हेर्नुपर्ने हुन्छ । हवाइ मार्ग खुलिसकेको अवस्थामा भारतमा अहिले नदेखिएकोले को खुल्ला बोर्डर भन्दा हवाइ मार्गबाट समस्या हुन सक्छ । यो सँगसँगै भारतमा केही गरी देखिएमा हामीलाई दुईतिरबाट नयाँ भेरियन्टको स्रोत भित्रिन सक्छन् । परीक्षणलाई बढाउनुपर्ने देखिन्छ । शंकास्पद परीक्षणहरुको सिक्वेन्सिङ गरेर हेर्नुपर्छ ताकि अगाडी नै सकियोस् र रोकथामका योजनाहरु बनाउन र धेरै मान्छेलाई सजग गराउन पनि सजिलो हुन्छ ।

    नेपालमा नयाँ भेरियन्ट पुष्टि भइसकेको छ यसको जोखिम कति हुन सक्छ ?

    राष्ट्रिय तथ्यांक तथा अस्पतालहरुको अवस्था हेर्दा नेपालमा कोरोना संक्रमण तल्लो स्तरमा पुगिसकेको भनेर शंका त गर्नुपर्दैन । यो पनि के बुझ्नुपर्छ भने अहिले पनि संक्रमण पुष्टि भइरहेका छन् । त्यसैले संक्रमण देखिरहेकोमा नयाँ आयातित र स्वयं स्थानीय खालको म्युटेसन भएर आउने सक्ने सम्भावनालाई पनि मध्यनजर गर्नपर्ने हुन्छ । नयाँ भेरियन्ट देखियो भन्दैमा तर्सिने गरी नसोचौं । म्युटेसन स्वाभाविक र प्राकृतिक हो । तर यो अलि संक्रामक हुन सक्ने बताइएको छ । हामी अहिले धेरै हुलुमलमा बसिरहेका छौं । मास्क लगाइएन भने त सहज रुपमा छिटो छिटो फैलिन सक्छ भाइरस । संक्रमण फैलिने कुरामा पनि हामीमा नै भर पर्छ । जनस्वास्थ्यका मापदण्डहरु मास्क लगाउने , दुरी कायम गर्ने ,साबुन पानीले हात धुन नछोडौं । नआत्तिऔँ तर सजग हुनैपर्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images