काठमाडौं- विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालहरूमध्येको तिलिचो ताल एक हो । वरिपरि ढाकेको हिउँले र तालको सतहमा जमेको पानीले यसको सौन्दर्यलाई मनमोहक बनाइदिएको छ ।
हिमालय पर्वत शृङ्खला अन्तर्गत नेपालको मनाङ जिल्लामा अन्नपुर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाईमा छ । यस तालको लम्बाई ४ किलोमिटर, चौडाइ १।२ किलोमिटर र गहिराई सरदर २०० मिटर छ । ताल वरिपरि मुक्तिनाथ, तिलिचो हिमाल, नीलगिरि हिमशृंखलाले ताललाई मनमोहक र आकर्षक बनाएको छ ।


तस्विर: रासस
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















