images
images
  • गठबन्धनलाई ओलीको चुनौतीः एमालेले सरकारमा आउन एक वर्ष पर्खनु पर्दैन

    काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

    पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले ढिलोमा पनि एक वर्षभित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टीले सरकार बनाउने जिकिर गरे । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि मुलुकमा पुनर्निर्माण र नवर्निर्माणको काम तीव्रताका साथ अघि बढाउने आश्वासनसमेत दिए ।

    सम्पदाहरूको पुनर्निर्माण, राजमार्गलगायत पूर्वाधारको निर्माणकार्य देख्न नसक्नेहरूले आफूलाई सरकारबाट हटाएको उनले दोहोर्‍याए । मुलुकको विकास र समृद्धिको अभियानलाई निरन्तरता दिन एमालेलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने उनको भनाइ छ ।

    अध्यक्ष ओलीले मुलुक निर्माण गर्ने साझा उद्देश्य प्राप्तिका लागि आफ्नो पार्टीमा आउन अरू पार्टीका कार्यकर्ताहरूलाई आह्वान पनि गरे ।

    आफूले सरकारमा रहेर केही काम गर्न नट बोल्ट जोड्ने काम गरे पनि अरू कसैले फुस्काइदिएको उल्लेख गर्दै अब त्यस्तो नहुने गरी नेपाली जनताले आफ्नो पार्टीलाई मत दिनुपर्ने बताए । अघिल्लोपटक नेपाललाई भूजडित देशको रूपमा स्थापित गराउँदा आफूलाई सरकारबाट हटाएको उनको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images