images
images
  • पत्रकार कृष्णप्रसाद ओझाको कोरोनाका कारण निधन


    काठमाडौं । नेपाल पत्रकार महासंघ रेडियो नेपाल प्रतिष्ठान शाखाका सदस्य कृष्णप्रसाद ओझाको कोरोना संक्रमणका कारण ५४ वर्षको उमेरमा निधन भएको छ ।

    कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको कलंकीस्थित नेशनल अस्पतालमा उपचाररत ओझाको जेठ ७ गते शुक्रबार उपचारकै क्रममा निधन भएको हो ।

    खोटाङको वडाका दियाले–७ निवासी ओझा २०४९ सालदेखि रेडियो नेपालमा कार्यरत थिए । उनको निधनले एक कुशल र जुझारु सदस्य गुमाएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

    महासंघले स्वर्गीय ओझाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images