images
images
  • चीनले नेपाललाई झण्डै १ करोड डोज कोरोना विरुद्धखोप दिदै


    काठमाडौं । चीन सरकारले कोरोना भाइरसका विरुद्धमा खोप किन्न पनि नपाएको नेपाललाई ठूलो मात्रामा खोप दिने भएको छ ।नेपाल सरकारको प्रस्ताव अनुसार चीनले नेपाललाई लगभग एक करोड डोज नै खोप दिने तयारी गरेको बेइजिङस्थित नेपाली दूताबास स्रोतले जनाएको छ ।

    श्रोतका अनुसार नेपालको प्रस्ताव अनुरुप नै चीनले अनुदान तथा खरिद पनि निकै सस्तो मूल्यमा नेपाललाई कोरोनाको खोप दिने भएको छ, अब छिट्टै नै यो प्रक्रिया शुरु हुनेछ ।

    सम्भवत आगामी सोमबार या मंगलबारसम्ममा राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच टेलिफोन वार्ता पनि हुने भएको चीनमा अवस्थित अर्को समाचार स्रोतले जनाएको छ ।

    उहाँहरुबीच आगामी हप्ता फोन वार्ता हुदैछ, सायद त्यति नै बेला के कति मात्रा खोप नेपाललाई दिने भन्ने पनि स्पष्ट हुनेछ, सो चिनियाँ समाचार स्रोतले भन्यो ।तर लगभग एक करोड जति मात्रा खोप चीनले नेपाललाई दिने विषयमा नेपाल र चिनियाँ अधिकारीहरुबीच सूचना भने आदानप्रदान भइसकेको छ ।

    नेपालले केही समयअघि भारतबाट खोप ल्याउने तयारी गरेको भए पनि पछिल्ला केही दिनयता भारतमा बढ्दो महामारीका कारण खोप नदिने भएको थियो ।त्यस अगावै नेपाललाई खोप उपलब्ध गराउने भन्दै चीनले नै नेपाल सरकारलाई पत्र लेखेको भए पनि स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले त्यो पत्र नै गायब पारेको खुलासा यसअघि नै भइसकेको छ ।

    चीनले अनुदानमा तथा निकै सस्तोमा जस्तो कि प्रति डोज बढीमा एक अमेरिकी डलरमा खोप उपलब्ध गराउने भएको थियो । तर त्यसबाट कमिसन खान नपाइने भएपछि त्यो चिनियाँ सरकारले दिन्छौँ भनेको त्यो फाइल उल्टै गायब बनाएर मन्त्री त्रिपाठीले भारतीय कम्पनीसँग बार्गेनिङ गरेका थिए ।

    मन्त्रीले कमिसनका लागि बार्गेनिङ गर्दा गर्दै भारतमा महामाहरी बढेपछि भारत सरकारले नै खोप निर्यात गर्न प्रतिबन्ध लगाएको थियो ।जसका कारण कोभिसिल्डको पहिलो डोज लगाएका नागरिकको दोस्रो डोज लगाउने बेला घर्किसक्दा पनि सरकारले खोप भित्र्याउन सकेको छैन ।

    यस्तो बेलामा चीन सरकारले दिने भनेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो मात्राको खोपको ठूलो महत्व रहने स्वास्थ्य क्षेत्रका विज्ञहरुको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images