images
images
  • १ हजार ९०० मतसहित एमाले अध्यक्षमा ओली विजयी, भीम रावलले पाए १९६ मत

    सौराहा- नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा केपी शर्मा ओली अध्यक्षमा भारी मत अन्तर प्राप्त गरी प्राप्त गरी दास्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

    निर्वाचन अधिकृत कमल पाठकका अनुसार कुल २ हजार ९६ मतमा निर्वाचित अध्यक्ष ओलीले १ हजार ९०० मत पाउँदा भीम रावलले १ सय ९६ मत प्राप्त गरेका छन् ।

    ओलीले निटकतम प्रतिद्वन्द्वी रावलभन्दा १ हजार ७०४ मत ल्याएर विजयी भएका हुन् ।

    अहिले उपाध्यक्षको मतगणना सुरु भएको छ । त्यसपछि केन्द्रिय सचिब र केन्द्रिय सदस्यको मत गणना हुने निर्वाचन आयोगले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images