images
images
  • भोटिङ मेसिनको मतदान बदर नहुने, उम्मेदवारका नाम र तस्बिर सेट गर्न झन्डै आठ घन्टा लाग्ने

    काठमाडौं- नेकपा एमालेको चितवनमा जारी १०औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदान हुँदैछ ।  महाधिवेशनका लागि ७२ वटा भोटिङ मेसिन तयारी अवस्थामा राखिएको छ । आधाभन्दा बढी पदमा सर्वसम्मत भएको जनाउँदै प्रावधिक टोलीले ७२ वटा मेसिन निर्वाचनका लागि तयारी अवस्थामा राखेको हो ।

    नेकपा एमालेको चितवनमा जारी १०औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदान हुँदैछ । अरु केही पदामा सर्वसम्मत चयन भएपनि अध्यक्षसहित तीन पदका लागि मतदान हुन लागेको हो । मतदानका लागि इलेक्ट्रोनिक बँथ तयार गरिएको छ ।

    ‘अहिले मतदानका लागि ७२ वटा मेसिन तयारी अवस्थामा छन्, आवाश्यक परेको खण्डमा एक सय मेसिन थप राख्न सकिन्छ ?’ रामलक्ष्मण इन्भेट्सका डाईरेक्टर लक्ष्मण पाण्डले भने, ‘धेरै जसो पदमा सर्वसम्मत भएको बुझिएकाले अनुमान गरेको भन्दा कम मेसिन राखिएको हो ।’ उनका अनुसार भोटिङ मेसिनमा मत बदर हुने सम्भावना रहेको हुन्न । ‘भोटिङ मेसिनमा बदरको सम्भावना हुँदैन किन भने यसले ‘एस’ वा ‘नो’ भन्ने बाहेक अन्य विकल्प दिँदैन, सतप्रतिशत मत खस्छ’ पाण्डेले अगाडी भने, ‘मत हालिसकेपछि प्रिन्ट पनि अटोमेटिक दिन्छ ।’ उनका अनुसार निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गरेपछि उम्मेदवारको नाम र तस्बिर सिस्टममा अपग्रेड गर्न भने झन्डै ७-८ घन्टा भने लाग्नेछ ।

    एमालेको अध्यक्षमा वर्तमान अध्यक्ष केपी ओली र भीम रावलबीच प्रतिस्पर्धा हुँदैछ। वर्तमान उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि मतदान हुने भएको हो ।

    त्यस्तै, ६ जना उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेपछि मतदान हुने भएको छ । ७ सचिवमा ९ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष ओलीले प्रस्ताव गरेका ६ उपाध्यक्षमा घनश्याम भुसालले समेत उम्मेदवारी दिएपछि निर्वाचनमा जानुपर्ने भएको हो ।

    त्यसैगरी ओलीद्वारा प्रस्तावित ७ सचिवसँगै भीम आचार्य र टंक कार्कीको समेत उम्मेदवारी परेपछि सचिवमा समेत मतदान गर्नु परेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images