images
images
  • एमाले १०औँ महाधिवेशन: वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध

    चितवन- नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध चयन भएका छन् ।  चितवनमा जारी दसौँ राष्ट्रिय महाधिवेशनअन्तर्गमा एमाले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन्।

    मनोनयनको म्याद सकिँदासमेत उक्त पदमा कसैको उम्मेदवारी नपरेपछि निर्विरोध भएको हो तर निर्वाचन आयोगले यसको औपचारिक घोषणा गर्न बाँकी छ।

    अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा भने निर्वाचन हुने भएको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै आइतबार राति ओलीले बन्दसत्रमा पेस गरेको सूचीमा नपरेकामध्येबाट उपाध्यक्षमा घनश्याम भूसाल र सचिवमा भीम आचार्य तथा टंक कार्कीको पनि उम्मेदवारी परेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images