चितवन- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०औँ महाधिवेशनले राजनीतिमा अहिले देखिएको पथभ्रष्ट, अराजकतालाई सच्याउने गरी नयाँ नेतृत्व आउने बताएका छन् । चितवनमा जारी बन्द सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
ओलीले महाधिवेशनमा सहभागी देश विदेशबाट आएका पाहुना र सहभागीलाई धन्यबाद दिँदै उनीहरूले एमालेलाई परिचित, विश्वनीय र भरपर्दो पार्टीका रुपमा दिएको शुभकामनालाई पूरा गर्ने बताए ।
यस्तै अध्यक्ष ओलीले प्रतिकृयावादीको षड्यन्त्रका कारण आफ्नो पार्टी प्रतिपक्षमा पुगेको बताएका छन् ओलीले यही कारण देशमा यतिवेला गम्भीर चुनौती खडा भएको बताए ।
राज्य संयन्त्रको अनुचित दुरुपयोग भइरहेको भन्दै उनले स्वतन्त्र न्यायालयको दुरुपयोग भएको बताए । शक्तिपृथकीकरणको सिद्धान्त खलबलिदै गएको भन्दै यो क्रम अघि वढे लोकतन्त्रका लागि खतरा हुने बताए । एमाले यस्तो वस्थामा गम्भीर भएर बन्द सत्रमा भेला भएको बताए ।


विश्व खबर 


















