images
images
  • एमालेको १०औं महाधिवेशनको बन्द सत्रमा सहभागी अतिथि, नेता र महाधिवेशन प्रतिनिधि (फोटोफिचर)

    चितवन- नेकपा (एमाले) महाधिवेशनको बन्दसत्र सुरु भएको छ । चितवनको सौराहास्थित होटेल सेभेन स्टारको बन्दसत्र हलभित्र एमाले अध्यक्ष केपी शर्मा ओलीसहित प्रतिनिधिहरुले प्रवेश गरिसकेको छ  । बिहान १० बजेदेखि सुरु हुने भनिएको बन्दसत्र ३ बजेदेखि सुरु भएको हो । सर्वसम्मतका लागि भन्दै नेताहरु आन्तरिक छलफलमा जुटेपछि बन्दसत्र सुरु हुन ढिला भएको एमाले चितवनका जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिए । पार्टी महासचिव ईश्वर पोखरेलले बन्दसत्रमा सहभागी प्रतिनिधिहरुलाई स्वागत गरेको छ । बन्दसत्रमा विदेशी पाहुनाहरुले बोल्ने क्रम सुरु भएको छ ।
    261676708 322472223049217 6842037063652464086 n.jpg
    महाधिवेशनको बन्दसत्रमा मनोनीतसहित दुई हजार दुई सय ७५ प्रतिनिधि छन् । बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ । सहमतिकै लागि विधान परिमार्जन गर्न गए राति सम्पन्न केन्द्रीय कमिटीको बैठकले दुई सय २५ सदस्यीयलाई तीन सय एक सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव बन्दसत्रमा पेस गर्ने निर्णय गरेको थियो । एमाले महाधिवेशनको उद्घाटनसत्र नारायणी नदी किनारमा शुक्रबार सुरु भएको थियो ।
    261715812 574258440338894 6443726074008266539 n.jpg
    260752074 460894135389918 6775185901254968666 n.jpg261563286 1805508599648294 617991088291468541 n.jpg

    PRO 4377

    261698665 883732575672910 5544284107329432730 n.jpg

    IMG 1247

    261715755 571395187281441 1088845372846087590 n.jpg

    प्रतिक्रिया दिनुहोस्
    images
    images