images
images
  • सूर्यविनायकमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

    काठमाडौ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ आदर्श चोकमा टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ ।

    एक जना घाइते भएका छन् । बा ३ ख ५४२३ नम्बरको टिपरले बा ५७ प ३११३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक धनकुटा घर भइ ललितपुरको कुसुन्ती बस्दै आएका २४ वर्षका असिम लिम्बुको ज्यान गएको प्रहरीले जनाएको छ ।

    स्कुटरको पछाडि रहेका ललितपुर पाटनका २६ वर्षका सन्दीप महर्जन घाइते भएका छन् । महर्जनको उपचार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images