images
images
  • गोलाप्रथाबाट चुनिइन् विद्यार्थी नेता लुइँटेल कांग्रेस महाधिवेशन प्रतिनिधि

    ओखलढुंगा- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत ओखलढुंगामा केन्द्रीय प्रतिनिधिमा दुई उम्मेदवारको मत बराबर भएपछि गोलाप्रथाबाट निर्णय लिइएको छ । समावेशी कोटाअन्तर्गत खस आर्य महिलामा उम्मेदवारी दिएका विद्यार्थी नेता अर्चना लुइँटेल र अम्बिका भट्टराईले समान पाँच सय ८८ पाएका थिए ।

    दुईमध्ये एक छान्न कतिले पुनस् मतगणना गर्ने उपाय सुझाए । तर निर्वाचन अधिकृत अधिवक्ता उज्वलराम श्रेष्ठले गोलाप्रथा गरेर निर्वाचित गराउने विधि बताए । गोलाप्रथा गर्दा लुइँटेलको भागमा निर्वाचितको चिठ्ठा पर्‍यो । र, उनी महाधिवेशन प्रतिनिधि निर्वाचित भइन् । उनी महाधिवेशन प्रतिनिधिका उम्मेदवारमध्ये सबैभन्दा कम उमेरकी हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images