काठमाडौ- नेपाली कांग्रेसको बागमती प्रदेश कार्य समिति भित्र पर्न दोलखाका एक दर्जन भन्दा बढी नेताले दौडधुप गर्न थालेका छन् ।
मंसिर १६ र १७ गते हेटौंडामा बाग्मती प्रदेशको अधिवेशन हुँदै छ । विधानअनुसार भुगोल तर्फबाट दोलखाका एक महिला सहित दुई जना कार्य समिति सदस्य बन्नेछन् । भुगोलको उक्त पदका लागि दोलखाबाट खुल्लामा चित्र कार्की, भीम बहादुर खड्का, सुदर्शन कार्की, श्याम उप्रेती, कृष्ण केसी, युधिष्ठर खड्का, चन्द्र गणेश काफ्ले तथा महिलामा मोतीमाया मोक्तान, छिरिङ डोल्मा शेर्पा, सृजना सुवेदी लगायतले आकांक्षा देखाएका छन् । भुगोलको खुल्लातर्फ आकांक्षा देखाएका सबै नेता प्रदेश प्रतिनिधि हुन् भने भुगोल महिलातर्फ आकांक्षा देखाउने नेतृहरु सबै महाधिवेशन प्रतिनिधि हुन्।
आकांक्षी नेताहरुमा दुई कार्की संस्थापन निकट हुन्, यस्तै काफ्ले, उप्रेती र केसी सिटौला निकट र भीम खड्का पौडल निकट हुन् । विगु गाउँपालिकाका प्रमुख समेत रहेका युधिस्ठिर खड्का भने कुनै गुटमा खुलेका छैनन् । यस्तै महिला तर्फ मोक्तान सिटौला, शेर्पा देउवा र सुवेदी पौडल समूहकी हुन् ।
यस्तै प्रदेश कार्यसमिति बन्न जनजाति तर्फबाट दोलखाका दुई जना प्रदेश प्रतिनिधिले आकांक्षा देखाएका छन् । दोलखाको प्रदेशसभा ूकू बाट सर्वाधिक मत ल्याएर विजयी भएका पारस तामाङ र ूखू बाट निर्वाचित दावादोर्जे तामाङले जनजाति कोटाबाट प्रदेश कार्यसमिति सदस्यमा उम्मेदवारी दिने भएका हुन् ।
यस्तै महाधिवेशन प्रतिनिधि एवम् नेपाल तरुण दलका पुर्व सचिव ईश्वर नारायण मानन्धर पनि बाग्मती प्रदेशको महामन्त्री बन्न तयारी थालेको बताएको छ । यद्यपि उनले उम्मेदवार बन्ने नबन्ने भन्ने टुंगो लगाएका छैनन् ।


विश्व खबर 



















