images
images
  • आज फूलकोर्ट बैठक बस्दै, मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्ने निर्णय हुने

    काठमाडौँ । सर्वोच्च अदालतमा आज फूलकोर्ट बैठक बस्दैछ ।  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाहेकका सर्वोच्चका न्यायाधीशहरूको बुधबार बसेको बैठकले पेसी तोक्दा गोलाप्रथा लागू गर्न आज  फूल कोर्ट बैठक बस्ने सहमति गरेका थिए।

    न्यायाधीशहरू मंसिर १५ गतेदेखि नै गोलाप्रथा लागू गर्ने निर्णय गर्न फूलकोर्ट बस्न लागेको हो। गोला प्रक्रियाद्वारा इजलास गठनका लागि प्रशासनिक र प्राविधिक तयारी भने पूरा भइसकेको छ।

    अघिल्लो साता न्यायाधीशहरूको फूल कोर्ट बैठकले सर्वोच्च अदालत नियमावलीमा संशोधन गर्दै निर्देशिका पास गरेको थियो ।

    उक्त नियमावलीमा सर्वोच्च अदालत नियमावली २०७४ लाई संशोधन गर्दै पेसी तोक्ने व्यवस्था प्रधानन्यायाधीशले नभएर ‘पेसी व्यवस्थापन निर्देशन समिति’ले गर्ने व्यवस्था गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images