काठमाडौं । स्वीट्जरल्याण्डद्वारा नेपाललाई ९४ करोडको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
सामग्री स्वीस राजदूत एलिजावेथ भोन क्यापेलरबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई उक्त स्वास्थ्य सामग्री सीधै हस्तान्तरण गरिएको छ ।
कोरोना महामारीसँग लड्न अत्यावश्यक स्वास्थ्य सामग्रीबारे नेपालले गरेको आग्रहमा स्वीट्जरल्याण्डले यो सहयोग उपलब्ध गराएको हो ।
कूल तीस टन तौल, अमेरिकी डलर ८० लाख ९नेपाली रुपैँया झण्डै ९४ करोड बराबरको स्वास्थ्य सामग्रीमा ४० भेण्टिलेटर, अक्सीजन कन्सन्ट्रेटर, ११ लाख ¥यापिड एण्टिजेन टेष्ट साथै १ लाख १० हजार प्ल्ढछ मास्क, ५० हजार पञ्जा र १५ हजार पीपीई रहेका छन् ।
भेण्टिलेटर, अक्सीजन कन्सन्ट्रेटर र सुरक्षा उपकरणले नेपालका विभिन्न अस्पतालले प्रदान गर्ने सेवालाई थप प्रभावकारी बनाउनेछ भने एण्टिजेन परीक्षणले द्रुत स्वास्थ्य परीक्षण, सामुदायिक स्तरमा निगरानी र विरामीहरूको शीघ्र आइसोलेशनलाई सहज बनाउँदै भाइरसको फैलावटलाई अनुगमन र नियन्त्रण गर्न सघाउ पु¥याउनेछ ।
“स्विट्जरल्याण्ड कोभिड–१९ महामारी विरुद्धको लडाइँमा नेपाल र नेपालीहरूसँग ऐक्यवद्धतामा उभिन्छ । यी अत्यावश्यक स्वास्थ्य सामग्रीले मानिसहरूको ज्यान बचाउँछ र महामारी नियन्त्रण गर्न र रोक्न नेपाल सरकारलाई थप सघाउ पु¥याउँनेछ,” नेपालका लागि स्विट्जरल्याण्डकी राजदूत महामहिम एलिजावेथ भोन क्यापेलरले विश्वास व्यक्त गरेकी छिन ।
हाल पठाइएको अत्यावश्यक स्वास्थ्य सामग्री नेपालमा स्विट्जरल्याण्डले अप्रिल २०२० मा सुरु गरेकोमा कोभिड–१९ विरुद्धको वृहत्तर सम्वोधनको एक भाग हो ।
यस अन्तर्गत हालसम्म ७० हजार रोच ९च्इऋज्भ्० पीसीआर परीक्षण टेष्ट कीट र दुई वटा पीसीआर उपकरण हस्तान्तरण भैसकेकाछन्, र प्रदेश १ का दुई अस्पतालहरुमा स्वास्थ्यजन्य फोहरको सुरक्षित व्यवस्थापन प्रणाली र स्वच्छ खानेपानी प्रणालीको स्थापना भैसकेका छन् ।
स्वीट्जरल्याण्डले कृषक परिवारलाई बिउ लगायतका महत्वपूर्ण कृषि सामग्री उपलब्ध गराउन स्थानीय व्यापारीहरूलाई परिचालन गर्ने कार्यक्रम पनि स्थापना गरेको छ । यसले आप्mना विद्यमान परियोजनाहरूलाई कोभिड–१९ महामारीको समयमा पनि सेवाहरूलाई निरन्तरता दिनेगरि परिमार्जन गरेको छ ।


विश्व खबर 

















