images
images
  • पाइलटले ड्युटी सकियो भन्दै रुकुम जानुपर्ने जहाज नेपालगञ्जमै अवतरण गरेपछि…

    काठमाडौं- पाइलटले आफ्नो ड्युटी सकियो भन्दै रुकुम जानुपर्ने नेपाल एयरलाइन्सको जहाज नेपालगञ्जमै अवतरण गराएका छन् । सोमबार काठमाडौंको त्रिभुवन विमानस्थलबाट रुकुम चौरजहारी विमानस्थलको लागि उडेको नेपाल एयरलाइन्स (नेवानि) को ट्विनअर्टर जहाज सोमबार साँझ पाइलटले नेपालगञ्जमा ‘नाइट स्टप’ गराएका हुन् ।

    पाइलटको तोकिएको ‘ड्यूटी आवर’ सकिएपछि विमान नेपालगञ्जमै रोकिएको बताइएको छ । पाइलटको त्यस्तो हरकतप्रति यात्रुहरु आक्रोसित बनेका थिए ।

    नेपाल नागरिक उड्डयन प्राधिकरण र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले पाइलटको लागि एक दिनमा १० घण्टा वा १० पटकको ल्यान्डिङसम्म उडान गर्न पाउने भनि निश्चित समयावधि तोकेको नेवानिका एक अधिकारीले बताए । त्यो समयावधि भन्दा बढी समय पाइलटले जहाज उडाएमा एयरलाइन्स र पाइलट दुवैलाई नियामक निकायले कारवाही गर्ने प्रचलन छ ।

    यसै बाध्यताका कारण सोमबार नेपालगञ्जबाट चौरजहारी उडेको जहाजले नेपालगञ्जमा नाइटस्टप गरेको ती अधिकारीले बताए ।

    चौरजहारीको मौसम खराब भएको रिर्पोट आएपछि जहाजलाई नेपालगञ्जमै अवतरण गरिएको उनको भनाइ छ । चौरजहारी पुगेर अवतरण गर्न नसकेको भए पाइलटको ड्यूटी आवर क्रस हुने अवस्था भएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images